‘सुरुमा नोक्सानी भोगेर धेरै कुरा सिक्यौं,’ हिमालय एयरलाइन्सका विजय श्रेष्ठको अन्तर्वार्ता




विजय श्रेष्ठ हिमालय एयरलाइन्सका उपाध्यक्ष हुन्। पाँच वर्षअघि चिनियाँ संयुक्त लगानीमा स्थापना भएको कम्पनीमा संचालनमा नआउँदै नेपाली लगानीकर्ताबीच विवाद आयो।

नेपाली लगानीकर्ता पृथ्वीबहादुर पाँडे समूह कम्पनीबाट वाहिरियो। पाँच वर्षको अवधिमा कम्पनीले विभिन्न आरोहअवरोह भोगेर अहिले भने एग्रेसिभ रुपमा उडान विस्तार गरिरहेको छ। कम्पनीका उपाध्यक्ष श्रेष्ठलाई बिजमाण्डूका वसन्तराज उप्रेतीले सोधे-चिनियाँ संयुक्त लगानीको अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनी हिमालयले सुरुवातमै लगानीकर्ताको विवाद व्योहोर्यो। त्यसपछि उडानका लागि भारतीय गन्तब्य पाएन। यस्तो असहज अवस्थाबाट सुरु भएको कम्पनीले अहिले  कस्तो गर्दैछ?

TATA
SANIMA new
Jagdamba Steel

हिमालय एयरलाइन्स चिनियाँ संयुक्त लगानीका रुपमा स्थापना भयो। हाम्रो दृष्टिकोणबाट हेर्दा ठ्याक्कै विवाद त भन्न मिल्दैन। अब प्रश्न र जिज्ञासा राख्नु स्वभाविक हो। कुनैपनि कम्पनी देशको सेवा गर्ने भनेर अगाडि आइसकेपछि कम्पनीले कसरी मुलुकको सेवा गर्छ, व्यवसायिक उडान कुन ठाउँबाट सुरु गर्छ भन्ने जिज्ञासा हुन्छ।

इतिहास हेर्ने हो भने काठमाडौं-भारत उडानबाट नेपाली हवाई व्यवसाय सुरु भयो। पछि नेपाल उड्डयन क्षेत्र विस्तार भएपछि थाइल्याण्ड लगायत दक्षिण एसिया, युरोप लगायत क्षेत्रका मुख्य शहरमा उडान सुरु गरियो। अहिले आएर त्यो विकासलाई निरन्तर  कायम गर्नुपर्ने हो तर गर्न सकिएको छैन।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली वायुसेवा कम्पनीको स्थिति हेर्ने हो भने रिभाइभल 'पुनर्उत्थान' गर्ने अवस्थामा छौँ। त्यसमा काठमाडौं-दिल्ली उडान गर्ने जिज्ञासा आउनु स्वभाविक हो। सामाजिक, राजनीतिक, सांस्कृतिक, व्यापार, पर्यटन लगायतलाई मध्नजर गर्दै नेपाली भ्रमण गर्ने मुख्य गन्तब्य भनेको भारत नै हो। कुनैपनि नयाँ वायुसेवा कम्पनीले व्यवसायिक उडान सुरु गर्दा  भारतबाट गर्दै आएकोमा हिमालयले पनि त्यहीँबाट सुरु गर्न खोजेको हो। हिमालयले किन सकेन भन्ने कुरा स्वभाविक हो।

पर्यटकीय दृष्टिकोणले हेर्ने हो भने सार्क मुलुक अन्तर्गत भारतबाट धेरै पर्यटक आउँछन्। भारतको पनि दिल्लीबाट आउँछन्।

स्वभाविक रुपमा पर्यटन प्रवर्द्धनका लागि नेपाली एयरलाइन्समार्फत भारत उडान गर्नु हाम्रो दृष्टिकोण हो। हाम्रो आवश्यक्ता र अर्को पक्षको आवश्यक्ता ठ्याक्क मिल्नुपर्छ भन्ने पनि छैन। हामीले भारत उडानका लागि निवेदन दिएका थियौँ। र, अहिलेसम्म पनि हामी भारत सरकारको प्रतिकृयाको पर्खाइमै छौँ।

एयरलाइन्स विजनेश भनेको वाघको सवारी हो। झर्न पनि नमिल्ने तर उसको स्पीडमा दौडिन परिरहने भन्ने जनरल प्रस्पेक्टिभबाट हिमालय एयरलाइन्स पनि टाढा हुन सकेन्। संचालनमा आएको केही महिनामै विमाननै भाडामा दिनेसम्मका कुरा वाहिर आए नी?

संसारभरीको उत्कृष्ट एयरलाइन्सको उदाहरण दिनुपर्दा सिंगापुर एयरलाइन्सलाई लिन सकिन्छ। यो एयरलाइन्सको आफ्नै युनिट थियो। 'सिंगापुर एयरलाइन्स एयरक्राफ्ट लिजिङ' नामक विभागले लिजिङको काम गर्थ्यो। संसारभरीको वायुसेवा कम्पनीले सिजनल मार्केटलाई मध्यनजर गर्दै यो युनिट संचालनमा ल्याइएको हो। एउटा सिजनमा फ्लाइटको माग धेरै हुन्छ, अर्को सिजनमा त्यत्तिकै माग हुन्छ भन्ने पनि छैन। सिजन हुँदा एयरलाइन्सले आफूसँग भएको जहाज भन्दा बढी माग भएको स्थितिमा लिजमा ल्याउने हो। तीन महिना, छ महिना समयावधिको लागि ल्याउने हो।

अब कुनै सिजनमा आफूसँग जहाजको माग कम भएको बेलामा लिज आउट गरिन्छ। लिज इन र लिज आउट संसारभरी एयरलाइन्स उद्योगले गर्दै आएको व्यवसायिक अभ्यास हो। यसलाई सामान्य रुपमा लिनुपर्छ।

जस्तो अहिले हामीलाई थप जहाज आवश्यक छ। हामी थप जहाज लिने तयारीमा छौँ। हामीसँग अहिले तीनवटा एयरबस ३२०'न्यारोबडी' छ। हामी २०२०मा भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड र सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य र चाहना अनुसार सहकार्य गरेर काम गर्ने योजना छौं। त्यही भएर अहिले हामी जहाज लिजमा दिने भन्दा पनि लिने चरणमा पुगेका छौँ।

तपाईँ  हिमालय एयरलाइन्सको उपाध्यक्ष हुनुहुन्छ। यसको सबै पक्षमा जानकार पनि हुनुहुन्छ। एयरलाइन्स विजनेश भनेको क्यास वर्निङ विजनेश हो। चिनियाँ संयुक्त लगानीको कम्पनी भएपनि नेपालीले पनि नाफाघाटा ब्योहोर्नैपर्छ। त्यो आधारमा हामीसँग अन्तर्राष्ट्रिय विमान चलाउने क्षमता कस्तो छ?

क्षमताको कुरा गर्दा सुरुमा ओभरअल व्यवस्थापनलाई मुख्य मानिन्छ। ओभरअल व्यवस्थापनको लागि वर्क म्यानेजमेन्टमा विभिन्न टिम बनाइएको हुन्छ। टप म्यानेजमेन्ट टिम भनेर अध्यक्ष र दुईजना उपाध्यक्ष सहितको टिम छ। हामीसँग राष्ट्रिय र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी सफल रुपमा संचालन गरेको अनुभव छ। अपरेशन, क्वालिटी एस्योरेन्स, सेफ्टी, मेन्टिनेन्स, कमर्सियल, सेक्युरिटी, एचआर लगायत विभागमा बलियो टिम छ।

बलियो टिम भन्नाले एडिक्वेटली र सक्सेसफुल्ली काम गरेको पुरानो अनुभव पनि हो। त्यसपछि हाम्रो संस्थाको व्यवस्थापन र संरचनाको आधारमा बलियो छ। त्यसपछि हामीकहाँ तालिम प्रभावकारी रुपमा दिँदै आइएको छ। हामीसँग कम्पनी संचालनका लागि पाँचबुँदे सैद्धान्तिक नीति छ।

एयरलाइन्सको हकमा हामीले सुरक्षा अन्तर्गत हवाई सुरक्षा र अकुपेसनल हेल्थ सेफ्टीलाई प्राथमिकतामा राखेका छौँ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले अडिट गरे अनुसार एसिया प्यासिफिक रिजनमा आउटस्ट्याण्डिङ एयरलाइन्स कम्पनीको उपाधी दिएको छ। कम्पनीभित्रका कर्मचारीहरुको लागि पनि सुरक्षाको व्यवस्था कार्यवन्वयनमा ल्याएका छौँ।

अर्को भनेको कस्टुमर सर्भिसमा केन्द्रित छौं। सबै यात्रुलाई पूर्ण रुपमा सन्तुष्ट गराउनु हाम्रो मुख्य उद्धेश्य हो। विभिन्न मुलुकबाट आएका यात्रु, जनशक्ति लगायतलाई आफ्नै(हिमालयकै) परिवार सदस्यको रुपमा लिएका छौँ। सबैलाई युनिभर्सल्ली हिमालयको उपमा दिएपछि दायित्वप्रति इमान्दार र निष्ठावान देखिन्छन्।

कार्य सम्पादनमा नचुकेर एक नम्बरको हुनुपर्छ भन्ने हाम्रो उद्धेश्य हो। यसका लागि सम्पूर्ण कर्मचारीले कम्पनी भित्र र बाहिर फेयरली काम गर्नुपर्छ भन्ने सिद्धान्त बोकेका छौँ।

अहिले जायन्ट भनिएका वायुसेवा कम्पनी समेत धमाधम संकटमा पर्दैछन्। नेपालकै सन्दर्भको कुरा गर्ने हो भने सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम समेत आर्थिक भारमा छ। राम्रो रुट नपाएका कारण तपाईँहरु पनि ठूलो नोक्सानीबाट ग्रुजिरहनुभएको सुनिन्छ। यो संकटबाट पार पाउने योजना कसरी बनाउँदै हुनुहुन्छ?

एक नम्बरमा नेपाल वायुसेवा निगम छ। नेपाल वायुसेवा निगम भनेको राष्ट्रिय ध्वजावाहक संस्था हो। हाम्रो गौरव र राष्ट्रिय सम्पत्ति हो। त्यसकारण हिजो, आज र भोलि सबै समयमा नेवानी राम्रो हुनुपर्छ।  त्यसपछि सम्पुर्ण नेपाली नागरिकले सरोकार, सहयोग र सद्भाव राख्नुपर्ने अर्को पक्ष हो।

एयरलाइन्स उद्योगलाई अरु उद्योगलाई जस्तै गरी लिनुपर्छ। हरेक दशकको दौरान हेर्ने हो भने हिजोको उद्योग आज हुनुपर्छ भन्ने छैन। र, आजको उद्योग भोलि हुनुपर्छ भन्ने छैन। यो मान्छेको जीवनचक्र जस्तै हो।

कतिखेर चलिरहेको उद्योग डुब्न पनि सक्छ। उद्योग व्यवसाय सधैँ एकै नास हुँदैन। विश्वभर कति एयरलाइन्स आए कति गए पनि। विभिन्न दृष्टिकोणबाट हेर्दा एयरलाइन्स विजनेश चुनौतीपूर्ण छ। अर्थात यो उद्योग चलाउन गाह्रो हुनेभएको कारण सबै सरोकारवालाले सकारात्मक हिसाबले योगदान गर्नुपर्छ।

हवाई यातायात, संचार र अन्य यातायात भनेको मुलुकको इकोनोमीको इन्जिन हो। अब हवाई यातायातसँगै अन्य यातायात नै भएन भने मुलुकको अर्थतन्त्र राम्रोसँग अघि बढ्न सक्दैन।

हिमालय एयरलाइन्सको सवालमा सिजनल, विजनेश साइकल (चक्रिय प्रणाली)मा चल्छ। जीवन चक्रको आधारमा हेर्दा हामी दुधे बालकको अवस्थामा छौँ। अहिलेको समयमा हामी बलियो हुन खोजिरहेका छौँ। सुरुको अवस्थामा प्राकृतिक रुपमा चुनौती पार गरेर अगाडि बढिरहेका छौँ। संसारभरका वायुसेवा कम्पनी संचालनको सुरुवाती अवस्थामा केहि नोक्सानी पनि हुन्छ त कतिपय कुरा सिकिन्छ पनि। हाम्रो कुरा गर्दा यो समयभरिमा हामीले लर्निङ साइकललई अधिकतम प्रयोग गरेका छौँ। यसलाई हामीले पुँजीको रुपमा हेर्नुपर्छ। हाम्रो कामका कारण चाँडै लाभांश पाउनेमा विश्वस्त छौं।                

केही समय अघि चिनियाँ लगानीकर्ता तिब्बत एयरलाइन्स फेरिएर तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्टले एयरलाइन्सले किनेको छ। अहिले नेपालको उद्योग विभागमा शेयर हस्तान्तरणको चरणमा छ। नयाँ कम्पनी आउँदा सबल रुपमा अगाडि बढ्न सक्ने अवस्था रहला?

अब नयाँ कम्पनी आउँदा सवल नरहने भन्ने त कुरै भएन। नयाँ कम्पनी किन आउँछ भन्दा सवल बनाउनै आउने हो।

तपाईँहरुले सुरुमा श्रीलंका र म्यान्मार लगायतका देशमा पनि उडान गर्नुभयो। तर ती उडान लामो समय निरन्तरता दिन सक्नुभएन। ती गन्तब्य विजनेशका हिसाबले भायबल थिएनन् की अरु कुनै कारणले बन्द भए?

यसका लागि दुईवटै देशलाई हेर्नुपर्ने हुन्छ। श्रीलंकाबाट अहिले नेपालमा ७० हजारभन्दा पर्यटक आइरहेका छन्। अब ती यात्रीहरुको लगभग पाँच प्रतिशत हवाई यात्रु हुन्छन्। ९५ प्रतिशत पदमार्गी रहेका छन्। धेरै यात्रु लुम्विनी सुनौली हुँदै आउँछन्। पर्यटकीय भन्दा पनि धार्मिक यात्राका लागि आउँछन्। हाम्रो योजना २५ प्रतिशतलाई हवाई मार्गमार्फत ल्याउने थियो।

त्यो पर्यटन मार्फत भ्यालुएडेड बढ्छ भन्ने हाम्रो पुर्व लक्ष्य थियो। हाम्रो लक्ष्य अनुसार तीर्थयात्रीलाई पर्यटकको रुपमा परिवर्तन गर्न नसकेकै हो। यो लक्ष्य हामीले छोडेका छैनौँ। भोलिका दिनमा यो लक्ष्यलाई पुनर्जागरण गर्ने हाम्रो योजना छ।

यस्तै अवस्था म्यानमारमा पनि भएको हो। हाम्रो पोटेन्सियललाई हामीले परिचालन गर्न नसकेको हो। पर्यटन भनेको एउटा इकोसिस्टम हो। पर्यटनमा एयरलाइन्समात्र भएर पुग्दैन्। एयरलाइन्स त एउटा अंगमात्र हो। त्यसमा भुमिका खेल्ने ट्राभल एजेन्सी, होटल लगायत क्षेत्रको पनि बराबर भुमिका हुनुपर्छ। समग्र रुपमा पर्यटन इकोसिस्टमका अंगहरुले काम गरे पर्यटनको विकास हुन्छ।

एयरलाइन्स विजनेशका लागि ग्राउन्ड ह्याण्डलिङ लगायतका शुल्क महँगो छ। त्यसमा पनि नेपाल अझै महँगो रुपमा चिनिन्छ। अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीका लागि यसले कति महत्व राख्छ?

अन्य विदेशी एयरपोर्टको तुलनामा हाम्रो एयरपोर्टको ग्राउण्ड ह्याण्डलिङ शुल्क महँगो छैन। यहाँको शुल्क महँगो पनि छैन र सस्तो पनि छैन। सस्तो भयो भने विदेशी एयरलाइन्सलाई राम्रो भइहाल्छ।

तीनवटा एयरबस ३२० जहाजमार्फत छिट्टै चीनको बेइजिङ सँगै विभिन्न गन्तब्यमा उडान गर्ने योजना बनाउनुभएको छ। तयारी कस्तो हुँदै छ?

अहिले चीनको बेइजिङ उडान लगत्तै चाङसा र गोयाङमा यही महिनादेखि व्यवसायिक उडान गर्न लागेका छौँ। नेपाल सरकारसँग चीनको सेनजेङ र चोङचेङ लगायत दुई गन्तब्यको लागि निवेदन दिएका छौँ। अनुमति दिएपछि स्लट, अपरेशन लगायतको प्रक्रिया अगाडि बढाउँछौँ। यो सबै प्रक्रिया सिध्याउन तीन महिनाको समय लाग्छ। त्यसपछि यी गन्तब्यमा व्यवसायिक उडान गर्ने योजना बनाएका छौँ।

यसैगरी ल्हासा (हाइ अल्टिच्युड अपरेशन)का लागि प्रणाली, तालिक, प्रोसिड्योर लगायतका कुरा तयारी भइरहेको छ।यसका लागि एयरबस ३१९ किसिमको जहाज ल्याउने तयारी गरिरहेका छौँ। यो सम्पूर्ण तयारी सिद्धिने बेलामा हामी अपरेशन क्यापबलिटी, रेगुलेशन, कमर्सियल्ली तयार हुनेछौँ।    

चीनमा नेपाल वायुसेवा निगमले अहिलेसम्म पनि उडान अनुमति पाएको छैन। तपाईँहरुले सरकारी स्वामित्वलाई समेत उछिन्नुभयो। यो कसरी सम्भव भयो?

हामी लामो योजना र लामो तयारी गर्छौँ। उदाहरणका लागि बेइजिङको ड्याक्सिङ उडान एक वर्ष अगाडि देखिको तयारी हो। आजको भोलि नै तयार भएको होइन। उडानका लागि चिनियाँ नागरिक उड्डयन प्राधिकरणले एक वर्ष अगाडि नै अडिट गरेर उडान अनुमति दिएको थियो। हामीले तीन वर्ष अगाडिदेखि तयारी थालेका थियौं।

 वायुसेवा उद्योगप्रति सरकारले कस्तो नीतिगत व्यवस्था गर्नुपर्छ भन्ने तपाईँलाई लाग्छ?

नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरण नीति २०६३ मार्फत नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा चलाउनका लागि वातावरण सिर्जना गरिदिएको छ। यसका लागि हामी हवाई उद्योगमा भएको नाताले सरकारप्रति आभारी छौँ।

सरकारले कुनै पनि नयाँ गन्तब्यमा गएर पर्यटक भित्र्याउने प्रस्ताव राख्दा प्रोत्साहन गर्दै आएको छ।

हामीले विदेशी एयरलाइन्स कमपनीसँग प्रतिस्पर्धा गर्नुपर्छ। प्रतिस्पर्धाको आधार भनेको इन्धन मूल्य हो। हवाई यातायातको ठूलो लागत भनेकै इन्धन हो। ३५ देखि ४० प्रतिशत सम्म एयरलाइन्सको प्रत्यक्ष संचालन लागत लाग्छ। यो लागतलाई मध्यनजर गर्दै भाडादार निर्धारण गर्नुपर्ने हुन्छ।

हाम्रो इन्धन महँगो भयो। अन्य मुलुकमा तुलनात्मक हिसाबले इन्धन सस्तो छ। इन्धन लागतलाई अन्तर्राष्ट्रिय मूल्य अनुसार कार्यान्वयनमा ल्याउनुपर्छ। भाडादरकै कारण विदेशबाट पर्यटक आउन पनि हिच्किचाउँछन्। इन्धन महँगो हुँदा हामी प्रतिस्पर्धामा पछि परिरहेका छौं।

अर्को महत्वपुर्ण खर्च भनेको एयरक्राफ्ट हो। एयरक्राफ्ट लिजमा ल्याउँदा भन्सार १० प्रतिशत पैसा तिर्नुपर्छ। तीन प्रतिशतलाई बढाएर १० प्रतिशत पुर्याउँदा हामीलाई समस्या भएको छ।


Share this Story

   

‘सुरुमा नोक्सानी भोगेर धेरै कुरा सिक्यौं,’ हिमालय एयरलाइन्सका विजय श्रेष्ठको अन्तर्वार्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell