सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले गर्‍यो लाभांश घोषणा, १२ प्रतिशत वितरण गर्ने



बिजमाण्डू
२०७९ भदौ १३ गते १८:४१ | Aug 29, 2022
सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले गर्‍यो लाभांश घोषणा, १२ प्रतिशत वितरण गर्ने

काठमाडौं। सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

फर्स्ट म्युचुअल फण्ड सनराइज बैंकले प्रवर्द्धन गरेको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरेको छ। यो सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित छ। 

आर्थिक वर्ष २०७८/०७९ का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले लाभांश बाँड्ने निर्णय गरेको हो।

यो भनेको १० करोड ३२ लाख रुपैयाँ हो। ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना चाँडै प्रकाशित हुने छ।