तमोर सानिमाले २५५ मेगावाटको माथिल्लो तमोर निर्माण गर्दै, करिब ४६ अर्ब रुपैयाँ लाग्ने



बिजमाण्डू
२०७९ भदौ १२ गते ११:१० | Aug 28, 2022
तमोर सानिमाले २५५ मेगावाटको माथिल्लो तमोर निर्माण गर्दै, करिब ४६ अर्ब रुपैयाँ लाग्ने

काठमाडौं। तमोर सानिमा इनर्जी प्रालिले २५५.२८१ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले आयोजना निर्माण अघि बढाउन विद्युत खरिद बिक्री सम्झौता (पीपीए) का लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिइसकेको छ।  प्राधिकरणले विद्युत नियमन आयोग समक्ष प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद बिक्री दर निर्धारण तथा खरिद सम्झौतामा सहमतिका लागि पेस गरिसकेको छ।

आयोगले सार्वजनिक सूचना निकालेर भदौ ३० गते बिहीबार सार्वजनिक सुनुवाइ गर्न लागेको जनाएको छ। आयोजना ताप्लेजुङको  फक्ताङलुङ र फुङलिङ गाउँपालिकामा पर्छ। यो अर्ध-जलाशययुक्त आयोजना हो।

 प्राधिकरणबाट प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युत खरिद, बिक्री दर वर्षायाममा ४.८० रुपैयाँ प्रतियुनिट, सुक्खायाममा (पिकिङ अवधिका लागि) १०.५५ रुपैयाँ र नन्-पिकिङ अवधिका लागि ८.४० रुपैयाँ छ। आयोजनाको पिकिङ अवधि ६ घण्टा छ। 

आयोजनाबाट २४७९.८८ गिगावाट आवर वार्षिक विद्युत उत्पादन हुनेछ। आयोजना निर्माणका लागि ४५ अर्ब ९५ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान छ।