शंकास्पद तरिकाले स्याउ अनलोड गरिरहेका पाँच भारतीय कन्टेनर विराटनगरबाट प्रहरी नियन्त्रणमा



बिजमाण्डू
२०७९ भदौ ११ गते १३:०१ | Aug 27, 2022
शंकास्पद तरिकाले स्याउ अनलोड गरिरहेका पाँच भारतीय कन्टेनर विराटनगरबाट प्रहरी नियन्त्रणमा

काठमाडौं। स्याउ लोड गरिरहेको अवस्थामा भारतीय नम्बर प्लेटका पाँचवटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ। विराटनगर-१३ बाट शुक्रबार राति नियन्त्रणमा लिएको हो।

Tata
GBIME
Nepal Life

कन्टेनर भन्सार प्रज्ञापन पत्र र भीसीटीएस नभएको पाइएको प्रहरीले जनाएको छ। जाँच गर्न पुगेको प्रहरी टोलीलाई चालक, सहचालकले भन्सार कागजात देखाउन सकेनन्। 

तोकिएको स्थान भन्दा अन्यत्र शंकास्पद तरिकाले स्याउ नेपाली मिनी ट्रकमा पल्टी गरेको अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

स्याउसहित ५ भारतीय कन्टेनर र ३ वटा नेपाली मिनी ट्रकसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाएको छ।