आगामी असोजमा नेपाल-भारत वाणिज्य वार्ता हुँदै, गहुँ, चिनी, चिया छलफलका प्रमुख मुद्दा बन्ने



बिजमाण्डू
२०७९ भदौ ८ गते १२:२२ | Aug 24, 2022
आगामी असोजमा नेपाल-भारत वाणिज्य वार्ता हुँदै, गहुँ, चिनी, चिया छलफलका प्रमुख मुद्दा बन्ने

काठमाडौं। असोजमा नेपाल-भारत द्धिपक्षीय वाणिज्य वार्ता हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सचिवस्तरीय वार्ताको तयारी सुरु गरेको हो। 

Tata
GBIME
Nepal Life

वार्तामा दुईपक्षीय व्यवसायमा रहेको समस्याबारे छलफल हुनेछ। यो पटक मन्त्रालयले गहुँ, चिनी, चिया व्यापारमा सहज गरिदिन भारतसँग आग्रह गरिनेछ।   

मंगलबार वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि भारतका राजदूत श्रीवास्तवले भेटवार्ता समेत गरेका छन्। मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भारतबीच व्यापार, पारवहन, लगानीलगायत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको हो । 

अहिले भारतले आफ्नो लागि सहज हुनेगरी मात्रै नीतिहरु बनाइरहेको छ। 

छलफलमा पारवहन सन्धिमा हस्ताक्षर गर्ने कार्यलाई शीघ्रताका साथ सम्पन्न गर्न, कञ्चनपुरको दोधारा—चाँदनीमा सुख्खा बन्दरगाह सञ्चालनमा तीब्रता दिन राजदूत समक्ष आग्रह गरिएको छ। 

यसैगरी एकीकृत जाँच चौकी निर्माण, भारत सरकारबाट निर्माण गरिने भारतको धार्चुलासँग जोडिएको दार्चुलास्थित महाकाली नदीमाथिको पुल निर्माण कार्य छिटो सुरु गर्न मन्त्री बडूले आग्रह गरेका छन्। 

मन्त्री बडूले भारतबाट गहुँ तथा चिनी आपूर्तिमा सहजता प्रदान गर्न र भारत सरकारले नेपाली चियामा थप शुल्क तथा कर नलगाउन आग्रह गरेका छन्।