साउनमा २११ वटा मात्रै विद्युतीय गाडी भित्रिए, कर बढाउँदा सोचेभन्दा कम भयो आयात



बिजमाण्डू
२०७९ भदौ ७ गते १७:५८ | Aug 23, 2022
साउनमा २११ वटा मात्रै विद्युतीय गाडी भित्रिए, कर बढाउँदा सोचेभन्दा कम भयो आयात

काठमाडौं। साउनमा २११ वटा मात्रै विद्युतीय कार, जिप र भ्यान आयात भएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनमा ६२ करोड रुपैयाँबराबरका २११ वटा विद्युतीय गाडीहरु नेपाल भित्रिएका छन्।

Tata
GBIME
Nepal Life

सरकारले गाडी आयातबाट २१ करोड रुपैयाँ भन्सार संकलन गरेको छ। साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ। भारतबाट धेरै विद्युतीय गाडी आउने भनेको टाटाको हो। यस्तै दोस्रोमा कोरियाबाट ४४ वटा गाडी आएका छन्।  कोरियाबाट हुन्डाई ब्राण्डको गाडीहरु नेपाल आयात हुने गर्छ।

साथै तेस्रोमा चीनबाट ३८ वटा मात्रै गाडी आयात भएको छ। चीनबाट एमजी, बिवाइडी, ग्रेटवाललगायतका कम्पनीहरुको गाडी आयात हुने गरेको छ। तर पछिल्लो समय सरकारले किलोवाटको आधारमा कर बढाएपछि ५०० बुकिङ भएको एमजीले गाडी आयात रोकेको छ।

यस्तै बिवाइडीले एटो ३ मोडलका गाडी तत्काल ४ वटा मात्र आयात गरेको छ। यसले गर्दा विद्युतीय गाडी आयात हुनेमा चीन तेस्रो देश बनेको छ। विभागको तथांकअनुसार गत वर्ष चीनबाट सबैभन्दा धेरै विद्युतीय गाडीहरु आयात भएका थिए।

गत आवमा १८ सय थानभन्दा बढी विद्युतीय गाडी आयात भएको थियो।