संघई परिवारको त्रिवेणी स्पिनिङको कारोबार १.८० अर्बमा ओर्लियो, ६८% हिस्सा निर्यातबाट



बिजमाण्डू
२०७९ साउन ३१ गते १३:१५ | Aug 16, 2022
संघई परिवारको त्रिवेणी स्पिनिङको कारोबार १.८० अर्बमा ओर्लियो, ६८% हिस्सा निर्यातबाट

काठमाडौं। संघई परिवारको लगानी रहेको धागो उद्योग त्रिवेणी स्पिनिङ मिलको कारोबार २०२१ मा घटेको छ। सन् २०२० मा १ अर्ब ९० करोड २० लाख रुपैयाँ कारोबार गरेको कम्पनीको व्यापार २०२१ मा घटेर १ अर्ब ८० करोड ४० लाखमा ओर्लिएको छ। 

Tata
GBIME
Nepal Life

२०१९ मा उद्योगले ३ अर्ब ६० लाख रुपैयाँको व्यापार गरेको थियो। २०२१/२२ को ११ महिनामा कम्पनीले ३ अर्ब ८१ करोड ७० लाख रुपैयाँ कारोबार (अपरिष्कृत) गरेको छ।

सिन्थेटिक धागो उत्पादन गरी भारत र टर्की निर्यात गर्ने कम्पनीले पोलिस्टर फाइबर मुख्य कच्चा पदार्थको रुपमा आयात गरिरहेको छ। निर्यातबाट २०२१ मा कुल बिक्रीको ६८ प्रतिशत हासिल गर्न कम्पनी सफल भएको छ।

८ करोड १० लाख रुपैयाँ उच्च ब्याज खर्चका कारण २०२१ मा कम्पनीको खुद घाटा ४ करोड ८० लाख छ। २०२० मा खुद घाटा ९ करोड १० लाख रुपैयाँ रहेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ। 

२ अर्ब ५३ करोड २९ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि केयरले रेटिङ पुन:पुष्टि गरेको छ। ३० करोड ७९ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि केयरले एनपी डबल बी प्लस रेटिङ पुन:पुष्टि गरेको छ। २ अर्ब २२ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर प्लस रेटिङ पुन:पुष्टि भएको छ।