लुम्बिनी जनरल इन्स्यारेन्सको नाफामा ११.४२ प्रतिशतको वृद्धि, बीमा शुल्क आर्जन भने घट्यो



बिजमाण्डू
२०७९ साउन ३१ गते १४:३२ | Aug 16, 2022
लुम्बिनी जनरल इन्स्यारेन्सको नाफामा ११.४२ प्रतिशतको वृद्धि, बीमा शुल्क आर्जन भने घट्यो

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य वृद्धि देखिएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार नाफा ११.४२ प्रतिशतले बढेको छ। 

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सले १८ करोड ७३ लाख खुद नाफा कमाएको छ। खुद नाफामा वृद्धि देखिए पनि खुद बीमा शुल्क भने ८.४४ प्रतिशतले घटेको छ। समीक्षा अवधिभर इन्स्योरेन्सले ५६ करोड ४१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६१ लाख ६१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो। 

यस्तै गत आर्थिक वर्षमा इन्स्योरेन्सले १ अर्ब ५८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो। 

यस्तै गत वर्ष कम्पनीको अभिकर्ता कमिसन भने १२.६८ प्रतिशतले घटेको छ। गत वर्ष इन्स्योरेन्सले अभिकर्ता कमिसनबापत २ करोड ९६ लाख खर्च गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा अभिकर्ता कमिसनबापत ३ करोड ३९ लाख खर्च गरेको थियो। 

गत आर्थिक वर्ष इन्स्योरेन्सले ४७ करोड ८ लाख रुपैयाँ बराबरको खुद दाबी दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १७.२९ प्रतिशतले बढी हो। यस्तै कुल गत वर्ष इन्स्योरेन्सको कुल दाबी भुक्तानी २०.२१ प्रतिशतले बढेको छ। उक्त अवधिभर कम्पनीले कुल दाबी भुक्तानी वापत १ अर्ब १३ करोड भुक्तानी गरेको हो। 

गत वर्षको अन्त्यसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड छ। यस्तै जगेडा कोषमा १५ करोड ३० लाख सञ्चित छ। गत वर्ष इन्स्योरेन्सको जगेडा कोषको रकम ४२.६८ प्रतिशतले घटेको हो भने बीमा कोष करिब १३ प्रतिशतले बढेको छ। यस्तै कम्पनीको बीमा कोषमा ८२ करोड २२ लाख छ। 

इन्स्योरेन्सको भुक्तानी गर्न बाँकी रकम ७६ करोड ७६ लाख रुपैयाँ छ। कम्पनीको प्रति सेयर आम्दानी १४.२६ छ भने प्रतिसेयर नेटवर्थ १७८.४५ छ।