काठमाडौं। एभरेष्ट बैंकले ललितपुरको टौखेलमा आफ्नो ११८ औं शाखा खोलेको छ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले टौखेलका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैंकमा हालसम्म करिब १२ लाख ग्राहक छन्। ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५२ एटीएमबाट वित्तीय सेवा दिइरहेको बैंकले जनाएको छ।











