विशाल सिमेन्टका पूर्व संचालक अमित श्रेष्ठको अवैध डलर कारोबार भेटियो, प्रहरी थप अनुसन्धानमा



बिजमाण्डू
२०७९ साउन १० गते १५:४१ | Jul 26, 2022

काठमाडौं। बैंकिङ कसूर अभियोगमा प्रहरीले विशाल सिमेन्टका पूर्व सञ्चालक अमित श्रेष्ठमाथि गरेको अनुसन्धानका क्रममा विभिन्न बैंकमा विदेशी मुद्रा फेला परेको छ।

Tata
GBIME
Nepal Life

काठमाडौं पानीपोखरी बस्ने श्रेष्ठलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

उनको कमन वेल्थ बैंक अफ अस्ट्रेलियाको खातामा एक लाख ९४ हजार २८४ डलर कारोबार गरेको भेटिएको छ। साथै रोयल बैंक अफ क्यानडासँग १८ लाख ७४ हजार ४२१ डलरको कारोबार भएको छ। यो बैंकबाट उनको सेयर कारोबारसमेत भेटिएको छ।

नेपालको एभरेष्ट बैंकमा २ करोड ६ लाख र एनआइसी एसिया बैंकको खातामा ६५ लाख ३४ हजार रुपैयाँको सेयर लगानी रहेको छ। उनको नबिल बैंकको खातामा क्यानेडियन डलर ६७ हजार ५९६ रहेको छ।

काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकीमा जग्गा, वडा नं. ३ लाजिम्पाटमा जग्गा, पानीपोखरीमा ३-एटु अपार्टमेन्ट, चार लाख ४९ हजार १९ डलरको सम्पति रहेको पनि फेला परेको छ।

उनीबाट फेला परेको रकम तथा कारोवार शंकास्पद भएको प्रहरीको दाबी छ। उनलाई काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त भई जिल्ला प्रहरी परिसर काठमाण्डौबाट थप अनुसन्धान भइरहेको छ।