सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो, बुधबार प्रतितोला ९४ हजार ३ सय, चाँदीमा झिनो गिरावट



बिजमाण्डू
२०७९ असार २९ गते ११:५४ | Jul 13, 2022
सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो, बुधबार प्रतितोला ९४ हजार ३ सय, चाँदीमा झिनो गिरावट

काठमाडौं। सुनको कारोबार मूल्य बुधबार पनि घटेको छ। अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँ घटेको हो।

Tata
GBIME
Nepal Life

बुधबारका लागि कारोबार मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिनका तुलनामा मंगलबार २ सय रुपैयाँ घट्दा प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको थियो।

चाँदीमा पनि गिरावट छ। बुधबार ५ रुपैयाँ घटेर प्रतितोला ११ सय ७० रुपैयाँ भएको छ। मंगलबार १० रुपैयाँ घट्दा ११ सय ७५ रुपैयाँ प्रतितोला थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १७२४.७८ डलर र चाँदी १८.९३ डलरमा कारोबार भइरहेको छ।