अक्टोबरबाट मुद्रास्फीति सहज हुने आरबीआईको आकलन, केन्द्रिय बैंक आक्रामक नीतिमा लचिलो हुन सक्ने



बिजमाण्डू
२०७९ असार २५ गते १७:३८ | Jul 9, 2022
अक्टोबरबाट मुद्रास्फीति सहज हुने आरबीआईको आकलन, केन्द्रिय बैंक आक्रामक नीतिमा लचिलो हुन सक्ने

आगामी अक्टोबारबाट भारतमा मुद्रास्फीतिको अवस्था केही सहज हुन थाल्ने भारतीय रिजर्भ बैंकका गभर्नर शशीकान्त दासले बताएका छन्। 

Tata
GBIME
Nepal Life

शनिबार एक आर्थिक सम्मेलनलाई सम्बोधनका क्रममा गभर्नर दासले अक्टोबरबाट मूल्यवृद्धि सहज हुन थाल्ने आकलन सुनाउँदै केन्द्रिय बैंकले लिएका आक्रमक नीतिहरु पनि त्यहीअनुसार घट्ने बताएका छन्।

उनले भने, 'अर्थव्यवस्थामा एक कठिन अवतरणको सम्‍भावनालाई छोडेर हाम्रो ताजा आकलनअनुसार २०२२-२३ को दोस्रो ६ महिनाबाट मुद्रास्फीति विस्तारै कम हुन थाल्नेछ। '

संसारभरका केन्द्रिय बैंकहरु यतिबेला अपेक्षा गरेभन्दा अधिक मुद्रास्फीतिको अवस्थासँग जुधिरहेका छन्, जसको मूल कारण आपूर्ति श्रृंखलाहरुमा अवरोध, वस्तुहरुको मूल्यमा उछाल, र युक्रेनमाथि रुसी आक्रमण रहेको छ।

भारतमा यो वर्षको सुरुदेखि नै मूल्यवृद्धिको गति आरबीआईले अपेक्षा राखेको ६%  को तहभन्दा माथि रहेको छ। अझ पछिल्लो दुई महिनायता यो दरमा ९० आधार विन्दुले बढेको छ। 

'हाम्रो प्रयास सफ्ट ल्याण्डिङ सुनिश्चित गर्नु रहेको छ,' दास भन्छन्, 'आपूर्ति परिदृष्य अनुकूल देखिइरहेको छ। थुप्रै हाइ-फ्रिक्वेन्सी सूचकहरुले २०२२-२३ को अप्रिल-जुन त्रैमासमा सुधारको पुनरुत्थानतर्फ संकेत गरिरहेको छ।'

गभर्नरको यो भनाइ आएसँगै आरबीआईले अगामी नीतिमा संशोधन गर्ने अपेक्षा गरिएको छ। जुनमा केन्द्रिय बैंकले यो वर्षको औसत मुद्रास्फीति ६.७% हुने अपेक्षा रहेको बताएको छ। र, जसरी आगामी अक्टोबरबाट सुरु भएर वर्षको दोस्रो सत्रबाट मूल्य घट् सुरु हुने आकलन गरिएकाले मूल्यवृद्‍धिको संशोधित लक्ष्य जनवरी-मार्चको त्रैमासबाट मात्र भेटिने बताइएको छ।