फुलचार्जमा काठमाडौंदेखि पोखरा पुग्न सकिने ई-स्कुटर नेपालमा, ब्राभोको यस्तो छ विशेषता



बिजमाण्डू
२०७९ असार ८ गते ०८:५६ | Jun 22, 2022

काठमाडौं। एक पटकको फुल चार्जमा काठमाडौंदेखि पोखरासम्म पुग्न सकिने विद्युतीय स्कुटर ब्राभो नेपालमा आएको छ। बढ्दो पेट्रोलले एक पटकको फुल चार्जमा काठमाडौंदेखि पोखरासम्म पुग्न सकिने विद्युतीय स्कुटर ब्राभो नेपालमा सार्वजनिक भएको हो। 

Tata
GBIME
Nepal Life

बढ्दो पेट्रोलको मूल्यलाई प्रतिस्थापन गर्न जम्बो मोटर्सले एकपटकको फुल चार्जमा २४० किलोमिटरसम्मको दुरी पार गर्न सकिने विद्युतीय स्कुटर ब्राभो नेपाली बजारमा ल्याएको जनाएको छ। 

कम्पनीका अनुसार यो स्कुटर एसी अर्थात घरमै भएको प्लगबाट चार्ज गर्दा २ घन्टामा फुलचार्ज हुनेछ। कम्पनीले यसमा फास्ट चार्जर उपलब्ध गराउने जानकारी दिएको छ।

फाष्ट चार्जरबाट चार्ज गर्दा स्कुटरलाई फुल चार्ज हुन ३० मिनेटको समय लाग्ने छ। यसमा रहेको ब्याट्रीलाई फुल चार्जमा भेरियन्ट अनुसार १२० किलोमिटरदेखि २४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ।

यो स्कुटर भारतमा बनेको हो भने यसलाई कम्पनीले रेट्रो डिजाइनमा तयार पारेको छ।

जम्बो मोटर्सले नेपालमा ओपाइ र लेभ्निङ ब्राण्डका विद्युतीय स्कुटरहरु बिक्री गर्दै आएको छ। कम्पनीले ल्याएको नयाँ विद्युतीय स्कुटर ब्राभोमा ३ किलोवाटको मोटर जडान गरिएको छ। साथै यस स्कुटरमा आउने ब्याट्री २० र ४० एम्पीयर र ७२ भोल्टको हुनेछ।

स्कुटरमा टीएफटी डिस्प्ले, कि लेस स्टार्ट, बाइडर टायर, टेलीस्कोपिक सस्पेन्सन, एलइडी लाइट्स, डिस्क ब्रेक, बुट स्पेस जस्ता फिचर उपलब्ध रहेका छन् ।

यसको मूल्य अहिले निर्धारण गरिएको छैन। तर कम्पनीका निर्देशक बिनोद न्यौपानेका अनुसार ३ लाख रुपैयाँको हाराहारीमा हुन सक्ने जानकारी दिए।

नेपालमा यो ई-स्कुटर आगामी साउन महिनाभित्र सार्वजनिक हुने कम्पनीले जनाएको छ।