निजी सवारीको आयातमा लगाइएको प्रतिबन्ध साउन १ देखि खुल्छः आपूर्ति मन्त्री बडू



बिजमाण्डू
२०७९ असार ७ गते २२:२७ | Jun 21, 2022

काठमाडौं। निजी सवारी साधनहरुको आयातमा लगाइएको प्रतिबन्ध साउन १ गतेदिख खुल्ने भएको छ। उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले मंगलबार अटो व्यवसायीहरुसँगको औपचारिक भेटमा यस्तो बताएका हुन्।

Tata
GBIME
Nepal Life

आइतबार नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसंग भेट गरेको थियो। सो क्रममा उनीहरुले सवारीमा लगाइएको आयात छिटो खुलाउन मन्त्रीसँग माग गरेका थिए। सोही क्रममा मन्त्री बडूले अटो व्यवसायीहरुलाई साउन १ देखि निजी सवारीसाधनको आयात खुला हुने बताए।

मन्त्री बडूका अनुसार कार, जीप र भ्यानजस्ता निजी सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध यो आसार मसान्तसम्मका लागि मात्र भएको र साउन १ देखि फुकुवा हुने आश्वासन दिँदै अब केही समय धैर्य राख्न पनि भनेका थिए।

आइतबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मन्त्री बडूसँग भेट गरेको थियो। गरी सरकारले कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लगाइएको प्रतिबन्ध छिटो खुला गर्न माग गरेको हो।

उक्त छलफलमा अध्यक्ष थापाले सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै नीजि प्रयोजनका कार, जीप र भ्यानको आयातमा लगाइएको प्रतिबन्ध मन्त्रालयले तत्काल खारेजगरी अटोमोबाइल व्यवसायीहरुलाई व्यवसाय गर्ने वातावरण सिर्जना गर्न अनुरोध समेत गरे।

नाडाले बैंक तथा वित्तिय निकायहरुमा फाइनान्सको असहजता, एलसीको मार्जिनमा गरिएको वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएको वृद्धिजस्ता कदमले विगत ८ महिनादेखि अटोमोवाइल व्यवसायमा ८० प्रतिशतभन्दा बढीले ह्रास आएको जनाएको छ। 

यस्तै, आउँदो भदौ ७ देखि १२ सम्म आयोजना हुन लागेको नाडा अटो एक्सपो २०२२ कालागि सरकारले आयात खुलाएर सहयोग गर्नुपर्ने 

थापाले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिष्ठा आर्जन गर्दे आएको तथा देशकै सबैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको यही भाद्र ७ गते देखि १२ गतेसम्म हुने र यसका लागि सरकारले प्रतिबन्ध खुलाएर सहयोग गर्नुपर्ने बताएका छन्।