.jpg)
काठमाडौं। लगातार घटबढ भइरहेको सुनचाँदीको मूल्य साताको अन्तिम दिन बढेको छ। अघिल्लो दिनको भन्दा ५ सय रुपैयाँ बढ्दा सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार ८ सय रुपैयाँले बढ्दा प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन तोलाको ९९ हजार २ सय पुगेको सुन त्यसयता लगातार घटबढ भइरहँदा पनि पुनः उक्त मूल्यमा पुगेको छैन।
चाँदीको मूल्य शुक्रबार १० रुपैयाँ बढेर प्रतितोला १२ सय ७५ रुपैयाँ भएको छ। बिहीबार प्रतितोला १२ सय ६५ थियो। चाँदीको कारोबार मूल्य साताको पहिलो दिन १२ सय ८० थियो।
दुई दिनमै तोलामा ३५ रुपैयाँ घटिसकेको चाँदीको मूल्य पुनः बलियो भएको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस १८३२.२२ डलरले चलेको सुनको कारोबार मूल्य शुक्रबार बढ्दै प्रतिऔंस १८४५.३४ डलर भएको छ।
चाँदी पनि २१.६५ डलरबाट प्रतिऔंस २१.८६ डलर पुगेको छ।










