प्रि-ओपनिङमा नेप्से २.२७ अंकले बढ्यो, रिभर फल्स पावरको सुरु भयो सेयर बजार कारोबार



बिजमाण्डू
२०७९ असार ३ गते ११:४० | Jun 17, 2022
प्रि-ओपनिङमा नेप्से २.२७ अंकले बढ्यो, रिभर फल्स पावरको सुरु भयो सेयर बजार कारोबार

काठमाडौं । शुक्रबारको प्रि-ओपनिङ सेसनमा नेप्से सामान्य अंकले बढेको छ। आज नेप्से २.२७ अंकले बढर १९८१.२१ बिन्दुमा पुगेको हो। कारोबारमा आएका कम्पनीमध्ये ११ वटाको सेयर मूल्य बढेपछि नेप्से पनि उकालो लागेको हो। 

Tata
GBIME
Nepal Life

आज साढे १० देखि पौने ११ बजेसम्मको १५ मिनेट समयावधिमा कारोबारमा आएका १२ कम्पनीमध्ये ११ को सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ। यस अवधिमा १२ कम्पनीको १ हजार ४ सय १३ कित्ता सेयर किनबेच हुँदा ४ लाख ३७ हजार बढीको कारोबार भएको छ। 

प्रि-ओपनिङ सेसनमा कारोबारमा आएका कम्पनीमध्ये बिहीबारबाट दास्रो बजारमा कारोबार खुलेको रिभर फल्स पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ। रिभर फल्सको २ लाख ५८ हजार बढीको कारोबार भएको हो। 

यसैगरी आज सेयर कारोबार १ बजेसम्म मात्र हुनेछ। सरकारले दुई दिन बिदा दिने निर्णय फिर्ता लिएपछि नेप्सेले सातामा ५ दिन कारोबार खुलाउने निर्णय गरेको थियो। 

जसमा आइतबारदेखि शुक्रबारसम्म पहिलेको समयमा नै र शुक्रबार ११ बजेदेखि १ बजेसम्म बजार सञ्चालन गर्ने जनाएको हो।