नेशनल लाइफ इन्स्योरेन्सले एमडीआरटीका बिजेता अभिकर्ताहरुलाई गर्‍यो सम्मान



बिजमाण्डू
२०७९ जेठ २२ गते १४:५४ | Jun 5, 2022
नेशनल लाइफ इन्स्योरेन्सले एमडीआरटीका बिजेता अभिकर्ताहरुलाई गर्‍यो सम्मान

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) का बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ। 

Tata
GBIME
Nepal Life

अमेरिकामा केन्द्रीय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीमा नेशनल लाईफ इन्स्योरेन्सबाट चारजना कोर्ट अफ द टेबल (सीओटी) सहित १५७ जना अभिकर्ताहरु MDRT का लागि योग्य भएका थिए।

झापाको बिर्तामोडमा जेठ २१ गते सम्पन्न गरिएको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बिजेता अभिकर्ताहरुलाई सम्मान गरेका थिए। 

भारतका वरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० जना बिजेता अभिकर्ताहरुलाई एमडीआरटी/सीओटी/टीओटी जस्ता उत्कृष्ट टाइटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएको कम्पनीले जनाएको छ।