प्रि-ओपनिङमा नेप्से २.८६ अंकले बढ्यो, १६ कम्पनीको ७ लाख ५ हजारभन्दा बढीको कारोबार 



बिजमाण्डू
२०७९ जेठ १३ गते ११:३२ | May 27, 2022
प्रि-ओपनिङमा नेप्से २.८६ अंकले बढ्यो, १६ कम्पनीको ७ लाख ५ हजारभन्दा बढीको कारोबार 

काठमाडौं। साताको अन्तिम कारोबारी दिन शुक्रबार प्रि-ओपनिङ सेससनमा नेप्से २.८६ अंकले बढेको छ। साढे १० बजेदेखि पौने ११ सम्मको १५ मिनेट समयावधिमा कारोबारमा आएका कम्पनीमध्ये ११ वटाको सेयर मूल्य बढेको हो। 

Tata
GBIME
Nepal Life

यो अवधिमा कारोबारमा आएका १६ कम्पनीहरुको २ हजार ८९० सेयर किनबेच हुँदा ७ लाख ५ हजार ७७४ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएका कम्पनीहरुमा दुई वटाको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ। 

प्रि-ओपनिङमा नेप्से २.८६ अंकले बढेर २ हजार २४१ बिन्दुमा अडिएको छ। सेन्सेटिभ पनि ०.७६ अंकले बढेको हो। यस अवधिमा सबैभन्दा धेरै मेगा बैंकको सेयर कारोबार भएको छ। बैंकको ५ लाख ४७ हजार बढीको कारोबार भएको हो।