योजना आयोग सदस्य डा‍. गुरुङको नेतृत्वमा युनेस्क्यापको ७८औं अधिवेशनमा नेपालको सहभागिता



बिजमाण्डू
२०७९ जेठ ११ गते २०:१३ | May 25, 2022
योजना आयोग सदस्य डा‍. गुरुङको नेतृत्वमा युनेस्क्यापको ७८औं अधिवेशनमा नेपालको सहभागिता

काठमाण्डौं। संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्र बैंककमा जारी युनेस्क्याप (संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग) को ७८औं अधिवेशनमा नेपालले सहभागिता जनाएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रिय योजना आयोगका सदस्य डा‍. दिलबहादुर गुरुङले गर्दै छन् ।

Tata
GBIME
Nepal Life

प्रत्यक्ष सहभागिता र अनलाइन दुवैको मिश्रण सहित हाइब्रिड मोडमा आयोजना भइरहेको यो अधिवेशन २३ मेदेखि २७ मेसम्म संचालन हुनेछ।

अधिवेशनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसिया तथा प्यासिफिकका लागि युनेस्क्यापको स्थापनाको ७८औं वार्षिकोत्सव अधिवेशनमा पूर्व रेकर्ड गरिएको भिडियो सन्देश प्रस्तुत गरेका छन्। भिडियोमार्फत मन्त्री खड्काले युनेस्क्याप स्थापनाको ७८ वर्ष पुगेकोमा बधाई दिँदै पूर्वाधार, मानव विकास, वातावरणलगायतका क्षेत्रमा युनेस्क्यापको योगदानबारे पनि चर्चा गरेका छन् ।

युनेस्क्यापको ‘रिक्लेमिङ आवर फ्युचर’ रिपोर्टलाई स्वागत गर्दै परराष्ट्रमन्त्रीले विश्व समुदायले महामारी र प्रकोपहरूबाट जनता र पृथ्वीलाई जोगाउन, व्यापार र लगानी प्रवर्द्धन गर्न, डिजिटल क्षमता अभिवृद्धि गर्न र विकास लक्ष्य हासिल गर्नका लागि आवश्यक स्रोत जुटाउन एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।