काठमाडौं। महिन्द्राले केही दिन अघि देखाएको स्कोर्पिओको नयाँ मोडललाई 'एन' थप गरेर फोटो सार्वजनिक गरेको छ। कम्पनीले बिग ड्याडी अफ एसयुभीमा उक्त नयाँ स्कर्पियोको पछाडि एन थप गरेर 'स्कोर्पिओ एन' नाम दिएको हो।
कम्पनीले यस नयाँ गाडीको जुन महिनाबाट बिक्री सुरु हुने जनाएको छ। स्कोर्पिओको यो नयाँ मोडल पहिलेको तुलनामा निकै आकर्षक डिजाइनमा देखिएको छ। नयाँ स्कोर्पिओ बजारमा ल्याउने भएको कम्पनीले पुरानो मोडलको बिक्रीलाई पनि निरन्तरता दिइरहने भएको छ।
महिन्द्राले यसको मूल्य लगायतको विषयमा कुनै जानकारी दिएको छैन। तर, पहिलेको स्कोर्पिओभन्दा बढी मूल्य पर्ने अनुमान गरिएको छ। स्कोर्पिओ एनमा पहिलेकै डिजेल इन्जिन र नयाँ २.० लिटर पेट्रोल इन्जिन रहने अपेक्षा गरिएको छ। दुवै डिजेल र पेट्रोल इन्जिनमा म्यानुअल र अटोमेटिक गियरबक्सको सुविधा उपलब्ध हुनेछ।
महिन्द्राले स्कोर्पिओ एनको बाहिर डिजाइनमा नयाँ ग्रिल, नयाँ लोगो, नयाँ एलइडी हेडल्याम्प, नयाँ फगल्याम्प, एलइडी डिएलआर, नयाँ स्कीड प्लेट, नयाँ डिजाइनको अलोय ह्वील, फरक किसिमको टेल लाइट, रुफरेल जस्ता नयाँ फिचर दिएको छ।
नयाँ स्कोर्पियो एनको इन्टेरियरमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, टप भेरियन्टमा लेदर सिट, अटोमेटीक एसी, सनरुफ, डिजिटल इन्टरटेनमेन्ट क्लष्टर, क्रुज कन्ट्रोल जस्ता फिचर रहने छन्।
यसको टप भेरियन्टमा ६ वटासम्म एयरब्याग, इलेक्ट्रोनिक्स स्ट्याविलिटी कन्ट्रोल र ३६० डिग्री क्यामेरा पनि पाउन सकिने छ। (एजेन्सी)










