राजस्व छली आरोपमा पाँच जनाविरुद्ध उच्च अदालतमा मुद्दा, २१ करोड बिगो मागदाबी



बिजमाण्डू
२०७९ बैशाख ५ गते १५:५४ | Apr 18, 2022
राजस्व छली आरोपमा पाँच जनाविरुद्ध उच्च अदालतमा मुद्दा, २१ करोड बिगो मागदाबी

काठमाडौं। राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चार जनाविरुद्ध २१ करोड २ लाख ३८ हजार रुपैयाँ बिगो मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

Tata
GBIME
Nepal Life

वीरगंज-२८ का रामेश्वर तिवारी, विष्णु एण्ड विकेश सप्लायर्स र रमाशंकर गुप्ताको काठमाडौंको कारोबार हेर्ने कर्मचारी वीरगंज-२ का मनोज साह कलवार, ना७ख १६७ नम्बरको ट्रकका धनी तथा चालक काभ्रेको पाँचखाल-४ का श्यामबहादुर श्रेष्ठ, विष्णु एण्ड विकेश सप्लायर्सका प्रोप्राइटर गुल्मीको वाग्ला-७ का विष्णुप्रसाद घिमिरे, काठमाडौंको ताहाचल बसेर विमला इन्टरनेशनल नामक फर्म चलाउने भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो।

चोरी पैठारी गरी भारतीय कपडा लगायतका मालवस्तुहरू काठमाडौं ल्याई बिना बिलबिजक बिक्री वितरण गरी राजस्व चुहावट गरेको आरोप विभागको छ।

विभागले मूल्य अभिवृद्धि कर, आयकर  र अन्य गरी २१ करोड २ लाख ३८ हजार ३ सय ७३ रुपैयाँलाई कुल बिगो कायम गरी त्यसको शतप्रतिशत जरिवाना र हदैसम्मको कैद सजाय मागदाबी अभियोग पत्रमा गरेको छ।