काठमाडौंविरुद्धको खेलमा चितवनले फेर्‍यो कप्तान, टस जितेर ब्याटिङ गर्दै

बिजमाण्डू
२०८३ मंसिर २ गते १६:५१ | Nov 18, 2026
काठमाडौंविरुद्धको खेलमा चितवनले फेर्‍यो कप्तान, टस जितेर ब्याटिङ गर्दै
टसका क्रममा चितवन र काठमाडौंका कप्तान। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

काठमाडौं। चितवन राइनोजले काठमाडौंविरुद्धको इलिमिनेटरको खेलमा कप्तान परिवर्तन गरेको छ। आजको खेलमा काठमाडौंको कप्तानीमा फेरि रबि वोपारा फर्किएका छन्।

GBIME
Tata

अघिल्ला संस्करणमा कुशल मल्लले चितवनको कप्तानी गरेको भए पनि यस संस्करणमा चितवनको कप्तानी दुई खेलाडीले गरे। सुरुवाती खेलमा रवि बोपारा र पछि सिकन्दर राजाले कप्तानी सम्हाले। आज भने फेरि बोपारा कप्तान बन्दा सिकन्दर राजा टिममा छैनन्।

चितवनको प्लेइङ ११ मा तीन परिवर्तन गरिएको छ।

चितवनमा सिकन्दर राजा, अशोक धामी, डान मौस्ले बाहिरिँदा रवि बोपारा,  डेभिड मलान, रञ्जित कुमारले पुनरागमन गरेका छन्। काठमाडौंका साहिल पटेल र सुमित महर्जनले अन्तिम ११ मा स्थान बनाएका छन्।

चितवनको प्लेइङ ११

रवि बोपारा (कप्तान), कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, विवेक यादव, सलाउद्दीन खान, कमिल मिश्रा,  उस्मा मीर, डेभिड मलान

काठमाडौं प्लेइङ ११

करण केसी, भीम सार्की, राशिद खान, सन्तोष यादव, साहिल पटेल, गणेश गौतम, सोनु देवकोटा, जहानदाद खान, सहान अराचिगे, विल बोसिस्टो, साम हेजलेट