सेयर बजार लगातार ओरालो, १९९ कम्पनीको मूल्य घट्दा परिसूचक २६२५.०५ विन्दुमा

बिजमाण्डू
२०८३ मंसिर २ गते १५:१४ | Nov 18, 2026
सेयर बजार लगातार ओरालो, १९९ कम्पनीको मूल्य घट्दा परिसूचक २६२५.०५ विन्दुमा

काठमाडौं। सेयर बजार लगातार तेस्रो दिन घटेको छ। नेप्से परिसूचक बुधबार ११.०५ अंक घटेर २६२५.०५ विन्दुमा आएको छ। कारोबारमा आएका बैंकिङ र म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार घटाएका हुन।

GBIME
Tata

ट्रेडिङको सूचक सबैभन्दा धेरै २.४९ प्रतिशतले घटेको छ। बजारमा १९९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। एभरेष्ट कलरको सबैभन्दा धेरै ८.६३ प्रतिशतले सेयर मूल्य घटेको छ।

७० कम्पनीका लगानीकर्ताले कमाएका छन्। लिबर्टी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ३.०७ प्रतिशतले बढेको छ। सूचकसँगै कारोबार रकम घटेको छ। १० कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

मंगलबार ४ अर्ब ७२ करोड रुपैयाँको सेयर कारोबार भएकामा बुधबार ४ अर्ब १५ करोड ४९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै ३२ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, सेन्ट्रल फाइनान्स १८ करोड ४० लाख र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको १२ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।