राजीनामा माग्ने विरुद्ध ओली आक्रोशित, ‘केपी सिद्धियो भनेर उधुमै मच्चाए’

बिजमाण्डू
२०८३ मंसिर २ गते १३:२१ | Nov 18, 2026
राजीनामा माग्ने विरुद्ध ओली आक्रोशित, ‘केपी सिद्धियो भनेर उधुमै मच्चाए’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेले सफलता नपाउने बताएका छन्। उनले बुधबार काठमाडौंमा सुरु भएको राष्ट्रिय भेलामा आफ्नो राजीनामाको माग निष्कृय हुने दाबी गरेका हुन्।

GBIME
Tata

‘छलफल गर्छ पार्टी एकताबद्ध भएर अघि बढ्छ। केपी ओली गयो, सिद्धियो भनेर कता हो कता उधुमै मच्चाए। त्यो केही पनि हुनेवाला होइन,’ उनले भने।

३ हजार भन्दा बढी नेता कार्यकर्ताको भेलामा ओलीले पार्टीभित्रको असन्तुष्टिलाई सामान्य भनेका छन्। आफ्ना कमजोरीबारे एक शब्द नबोलेका ओलीले सरकारमाथि भने एकपछि अर्को आरोप लगाएका छन्।

उनले सरकार आफैंले साम्प्रदायिक हिंसा फैलाएको आरोप लगाए। साथै, अबको चुनाव जितरे आफू फेरि सिंहदरबार जाने बताए।

‘धोकापूर्ण रुपले गरिएको हमलाका कारण चुनावमा पराजय भएको हो,’ उनले भने।

जनताले मन नपराएका कारण चुनावमा पराजित भएको स्वीकार गर्न नचाहेका ओलीले स्थानीय तह निर्वाचनमा जित निकाल्ने दाबी गरे।

प्रहरी प्रमुखले आफू, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई थुन्ने भनेको दाबी गर्दै पुराना नेताहरुलाई पक्राउ गरे लाखौं कार्यकर्तालाई सडकमा उतार्ने चेतावनी दिए।