चिनियाँ नागरिक समातिने क्रम बढ्दो, दुई किलो सुन सहित विमानस्थलबाट एकजना पक्राउ

बिजमाण्डू
२०८३ मंसिर २ गते ११:३३ | Nov 18, 2026
चिनियाँ नागरिक समातिने क्रम बढ्दो, दुई किलो सुन सहित विमानस्थलबाट एकजना पक्राउ

काठमाडौं । मंगलबार राति प्रहरीले अवैध रुपमा ल्याएको सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

GBIME
Tata

विमानस्थलबाट करिब १ किलो ८३ ग्राम ७७० मिलिग्राम सुन सहित ती व्यक्ति पक्राउ परेका हुन्।

उनीबाट ४ थान अर्धठोस अवस्थाको गोलाकार पदार्थ बरामद गरिएको छ। ती चिनियाँ नागरिकको नाम जियानहुआ वाङ भएको प्रहरीले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरको उडानबाट हङकङदेखि काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।

केही दिन अघि पनि एक चिनियाँ नागरिक विमानस्थलमा पक्राउ परेका थिए। उनीसँग आधा किलो सुन बरामद गरिएको थियो।

त्यस्तै, हिजो पनि प्रहरीले काभ्रेबाट ३६ जना चिनियाँलाई नियन्त्रणमा लिएको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।