प्रति कित्ता १५४० रुपैयाँ लाभांश बाँड्ने प्रस्ताव पारित गर्न युनिलिभर नेपालले बोलायो साधारण सभा

बिजमाण्डू
२०८३ मंसिर २ गते ११:१० | Nov 18, 2026
प्रति कित्ता १५४० रुपैयाँ लाभांश बाँड्ने प्रस्ताव पारित गर्न युनिलिभर नेपालले बोलायो साधारण सभा

काठमाडौं। युनिलिभर नेपालले ३३औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर २३ गते साधारण सभा बोलाएको हो।

GBIME
Tata

साधारण सभा प्रयोजनका लागि ९ देखि २३ गतेसम्म बुक क्लोज मिति तोकिएको छ। साधारण सभाले लाभांश प्रस्ताव पारित गर्नेछ। कम्पनीको सञ्चालक समितिले सेयरधनीलाई प्रति कित्ता १५४० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीले सेयरधनीलाई पोहोर प्रति कित्ता १८४२ रुपैयाँ लाभांश दिएको थियो।