नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार

बिजमाण्डू
२०८३ कात्तिक ९ गते १२:३१ | Oct 26, 2026
नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार


काठमाडौं। नेपाली कांग्रेसले १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई कातिक १२ गते शपथ गराउने भएको छ।

GBIME
Tata

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहीबार दिउँसो २ बजे सानेपास्थित क‍ेन्द्रीय कार्यालयमा शपथ गराउने कार्यक्रम तय भएको हो।

सभापति गगन थापाले असोज ३१ गते शपथ लिइसकेका छन्। केन्द्रीय कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यलाई बिहीबार शपथ गराउन लागिएको हो।