काठमाडौं। साताको पहिलो दिन भारी गिरावट भएको सुनको मूल्य पुनः उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८१ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
आइतबार सुन तोलामा ११ हजार ७ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य सोमबार तोलामा ४० रुपैयाँले बढेर प्रति तोला ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी तोलामा २ सय ३० रुपैयाँ घट्दा प्रति तोला ३ हजार ९५५ रुपैयाँ आइपुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार प्रति औंस ४०१२.०९ डलर र चाँदी प्रति औंस ५४.२२ डलर पुगेको छ। आइतबार सुन प्रति औंस ३९९५.८८ डलर र चाँदी प्रति औंस ५३.९२ डलर थियो।









