बबरमहलको आकाशे पुल निर्माण अन्तिम चरणमा, यसै हप्तादेखि संचालनमा आउने

बिजमाण्डू
२०८३ कात्तिक ९ गते ११:१४ | Oct 26, 2026
बबरमहलको आकाशे पुल निर्माण अन्तिम चरणमा, यसै हप्तादेखि संचालनमा आउने
काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि निर्माण सम्पन्न हुने चरणमा रहेको आकाशे पुल। तस्बिर : विमलबहादुर विष्ट/रासस


काठमाडौं। काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र संचालनमा आउने भएको छ।

GBIME
Tata

सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको हो।

पुल निर्माण भएसँगै पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सडक डिभिजन कार्यालयका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको छ।

विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई सुरु भएको थियो। पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले यसै हप्ताभित्र पैदलयात्रुका लागि संचालनमा ल्याउने तयारी गरिएको कार्यालयले जनाएको छ।

उक्त पुल निर्माणका लागि २ करोड ५२ लाख ४५ हजार ९५३ लागत निर्धारण गरिएको थियो। पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वर्क्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ। रासस