काठमाडौं। दसैं बिदाअघिको सेयर बजार सूचक ८.२३ अंकले उकालो लागेको छ। नेप्से सूचक लगातार सातौं दिन बढेर शुक्रबार २६३४.१७ विन्दुमा पुगेको हो।
वित्त, लगानी, निर्जीवन बीमा व्यापार र अन्य बाहेकका सूचकले नेप्से बढाएका हुन्। १७४ कम्पनीको सेयर मूल्य बढेको छ। ९१ कम्पनीका लगानीकर्ताको सम्पत्ति भने घटेको छ।
बजारमा ४ अर्ब ८८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। घलेम्दी हाइड्रोको सबैभन्दा धेरै २० करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।










