बूढीगण्डकी विकास प्राधिकरण र राष्ट्रिय रोजगारसम्बन्धी विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्‍को स्वीकृति

बिजमाण्डू
२०८३ असोज ३० गते १४:३४ | Oct 16, 2026
बूढीगण्डकी विकास प्राधिकरण र राष्ट्रिय रोजगारसम्बन्धी विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्‍को स्वीकृति


काठमाडौं। सरकारले बूढीगण्डकी विकास प्राधिकरण र राष्ट्रिय रोजगारसम्बन्धी कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ।

GBIME
Tata

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी विकास प्राधिकरण र राष्ट्रिय रोजगारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।

बैठकले पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‍मा पेस गर्न स्वीकृति दिएको छ भने नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली र दाना पदार्थ (दोस्रो संशोधन) नियमावली स्वीकृत गरेको छ।

फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को प्रारम्भ हुन बाँकी दफामध्ये दफा १७ को खण्ड (ङ), दफा २५ र दफा २६ कात्तिक १५ गतेदेखि लागू गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।