रास्वपा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न होमियो, इच्छुकसँग माग्यो आवेदन

बिजमाण्डू
२०८३ असोज २९ गते १९:२७ | Oct 15, 2026
रास्वपा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न होमियो, इच्छुकसँग माग्यो आवेदन


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन चाहनेहरुसँग आवेदन मागेको छ।

GBIME
Tata

रास्वपाले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखा सार्वजनिक गरेको भोलिपल्ट बिहीबार इच्छुकसँग आवेदन मागेको हो।

‘आजबाट हामीले नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेका छौं। यदि तपाइँ यसपटकको स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक हुनुहुन्छ भने आवेदन दिनुहोला,’ रास्वपाले भनेको छ।

आवेदन रास्वपाको मोबाइल एपबाट दिनुपर्नेछ।