खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीइओमा लम्साल, यादव र न्यौपानेको नाम सिफारिस

बिजमाण्डू
२०८३ असोज २९ गते १०:५७ | Oct 15, 2026
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीइओमा लम्साल, यादव र न्यौपानेको नाम सिफारिस


काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि तीन जनाको नाम सिफारिस भएको छ।

GBIME
Tata

कार्ययोजना तथा प्रस्तुतिमा सबैभन्दा बढी अंक प्राप्त गरेका आधारमा तनहुँका डिल्लीराज लम्साल, सिरहाकी संगीता यादव र काठमाडौंका होमनाथ न्यौपानेको नाम सिफारिस भएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको समितिले सिफारिस गरेका तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्‍ले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ। समितिले असोज १७ र १८ गते १६ जनाको अन्तर्वार्ता लिएको थियो।

कम्पनीमा सीइओको पद गत वैशाख तेस्रो सातादेखि रिक्त छ। सरकारले ल्याएको अध्यादेशका कारण यसअघिका सीइओ रमेश आचार्य पदमुक्त भएका थिए। सीइओमा फेरि नियुक्तिका लागि आवेदन दिएका आचार्य सिफारिसमै परेनन्।