आदिवासी जनजातितर्फबाट सहमहामन्त्रीमा बहादुरसिंह निर्वाचित, केन्द्रीय सदस्यमा क-कसले जिते?

बिजमाण्डू
२०८३ असोज २८ गते १८:२८ | Oct 14, 2026
आदिवासी जनजातितर्फबाट सहमहामन्त्रीमा बहादुरसिंह निर्वाचित, केन्द्रीय सदस्यमा क-कसले जिते?


काठमाडौं। नेपाली कांग्रेसको आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा बहादुरसिंह लामा निर्वाचित भएका छन्। लामा ३ हजार २०६ मतसहित निर्वाचित भएका हुन्।

GBIME
Tata

सहमहामन्त्रीमा लामासँग तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमान सिंह मास्के र ओमबहादुर घर्तीमगरले प्रतिस्पर्धा गरेका थिए। ओमबहादुरले १ हजार ४७० मत ल्याए। तारामानले ८७७ मतमा चित्त बुझाए।

आदिवासी जनजातिबाट खुलातर्फ कर्माछिरिङ शेर्पा, गेल्जे लामा, अनुप श्रेष्ठ, अमृत गुरुङ, टेकप्रसाद गुरुङ, तीर्थ लामा, डा. प्रेमध्वज लामा, वंशलाल तामाङ, बुद्ध लामा, भीम श्रीस मगर, रामकृष्ण चित्रकार र सुशील गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

तीर्थ लामाले सबैभन्दा धेरै ४ हजार ८५३ मत ल्याए। सुशील गुरुङले १ हजार ७९८ मत ल्याए । १२ जना सदस्यका लागि ४१ जनाले प्रतिस्पर्धा गरेका थिए।

आदिवासी जनजाति महिलातर्फको केन्द्रीय सदस्यमा गीता गुरुङ डा. गंगालक्ष्मी अवाल पुनम लामा प्रमिला राई रेनुका काउचा लिलादेवी बोखिम लिम्बु सपना राजभण्डारी जोशी र सीताकुमारी राना निर्वाचित भएका छन्। गीता गुरुङले सबैभन्दा धेरै २ हजार ८७३ मत ल्याइन्।