बाढीमा क्षति बेहोरेका व्यवसायीलाई राष्ट्र बैंकको राहत, किस्ता तिर्ने समय थपियो तीन महिना

बिजमाण्डू
२०८३ असोज २७ गते १९:०९ | Oct 13, 2026
बाढीमा क्षति बेहोरेका व्यवसायीलाई राष्ट्र बैंकको राहत, किस्ता तिर्ने समय थपियो तीन महिना


काठमाडौं। नेपाल राष्ट्र बैंकले बाढीमा क्षति बेहोरेका व्यवसायीले सावाँ ब्याज भुक्तानीको समय तीन महिना थप गरिदिएको छ।

GBIME
Tata

राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गरी साँवा/ब्याज भुक्तानी गर्ने समयावधि असोज मसान्तबाट पुस मसान्तसम्म थप गर्न निर्देशन दिएको हो।

भोटेकोशी तथा बूढीगण्डकीको बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसाय, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध-तयारी तथा तयारी मालवस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा बिक्री तथा आम्दानी, नगद प्रवाह, जगेडामा रहेको रकम लगायत ऋणीको वित्तीय अवस्था, आयात एवं निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाई भएका ऋणीको २०८३ असोज मसान्तमा किस्ता (साँवा/ब्याज) भुक्तानी गर्ने समयावधि इजाजतपत्रप्राप्त संस्थाले २०८३ पुस मसान्तसम्म थप गर्न सक्नेछन्,’ राष्ट्र बैंकको सर्कुलरमा भनिएको छ।