सुनको मूल्य लगातार घट्दै, दुई दिनमा ४ हजार ३०० रुपैयाँ सस्तियो, आज कति छ?

बिजमाण्डू
२०८३ असोज २७ गते ११:२३ | Oct 13, 2026
सुनको मूल्य लगातार घट्दै, दुई दिनमा ४ हजार ३०० रुपैयाँ सस्तियो, आज कति छ?


काठमाडौं। बढ्ने क्रममा ब्रेक लाग्दै सुनको मूल्य लगातार घट्न थालेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेको छ।

GBIME
Tata

मंगलबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९२  हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चालु साता दुई दिनमा सुनको कारोबार मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ।

साताको पहिलो दिनका तुलनामा २ हजार १ सय रुपैयाँले घटेर सोमबार प्रति तोला २ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार तोलाको २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो। गत शुक्रबारका तुलनामा आइतबार तोलामा ८ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो।

चाँदी तोलामा ६० रुपैयाँ सस्तिएको छ। कारोबार मूल्य  प्रति तोला ४ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार तोलाको ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ४१९९.९२ डलर र चाँदी प्रति औंस ६०.६७ डलरले कारोबार भइरहेको छ।