काठमाडौं। सेयर बजार बढेको छ। नेप्से परिसूचक सोमबार ४ अंक बढेर २५९५.८१ विन्दुमा पुगेको छ। कारोबारमा आएका बैंक, विकास बैंक, फाइनान्स, लाइफ इन्स्योरेन्स र ट्रेडिङ सूचकले बजार बढाएका हुन्।
बैंकिङको सूचक १.०१ र ट्रेडिङ उपसमूहको सूचक १.०२ प्रतिशतले बढेको छ। दसैं सुरु भएपछिको बजारमा १०५ कम्पनीको सेयर मूल्य बढेको छ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। स्नो रिभर्सको सेयरमूल्य १३.९२ प्रतिशतले बढेको छ।
बजारमा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर छ। रिजलाइन इनर्जीको सबैभन्दा धेरै ६.२९ प्रतिशतले सेयर मूल्य घटेको छ। बजारमा ४ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
कुमारी बैंकको सबैभन्दा धेरै २५ करोडए १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, घलेम्दी हाइड्रोपावरको १९ करोड ८० लाख, साहस ऊर्जाको १९ करोड ७३ लाख र लक्ष्मी सनराइज बैंकको १५ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ।








