दसैं बिदामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न पाइने, पर्यटकका लागि जंगल सफारी खुला

बिजमाण्डू
२०८३ असोज २६ गते १२:४३ | Oct 12, 2026
दसैं बिदामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न पाइने, पर्यटकका लागि जंगल सफारी खुला


काठमाडौं। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी खुला गरिएको छ।

GBIME
Tata

निकुञ्ज कार्यालयले दसैंतिहारका बेला घुमफिर गर्ने पर्यटकलाई लक्षित गरी निकुञ्जमा जंगल सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। उनका अनुसार मुख्य रुट खुला गरिएको छ। वर्षा रोकिएको अवस्थामा निकुञ्जका भित्री रुट पनि खोल्ने तयारी छ।

‘पर्यटकका लागि जंगल सफारी खुला गरिएको छ। दसैंमा घुमफिर गर्न चाहने पर्यटकले शुक्लाफाँटाको अवलोकन गर्न सक्नेछन्,’ उनले भने, ‘मझगाउँदेखि बाबाताल, रानीताल हुँदै शुक्लाफाँटा घाँसे मैदानसम्म र त्यहाँबाट बर्कौला हुँदै मझगाउँसम्मको रुट सफारीका लागि खुला गरिएको छ।’

निकुञ्जमा यसअघि वर्षाका कारण जंगल सफारी बन्द थियो।

पर्यटकले शुक्लाफाँटाको विशाल घाँसे मैदानसम्म पुगेर वन्यजन्तु अवलोकन गर्न सक्नेछन्। ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाठेबाघ र बाह्रसिङ्गाका लागि प्रख्यात छ।

शुक्लाफाँटामा दुई हजार ३०० बाह्रसिङ्गा छन्। त्यसैगरी, ५० वटा पाटेबाघ छन्। दुर्लभ वन्यजन्तुका र वनस्पतिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रसिद्ध छ।