दसैं नजिकिएसँगै दुर्गा पूजाका लागि मूर्ति बनाउन मूर्तिकारहरू व्यस्त (तस्बिरहरू)

सुशील श्रेष्ठ
२०८३ असोज २५ गते १४:२८ | Oct 11, 2026
दसैं नजिकिएसँगै दुर्गा पूजाका लागि मूर्ति बनाउन मूर्तिकारहरू व्यस्त (तस्बिरहरू)


काठमाडौं। दसैं नजिकिएसँगै दुर्गा पूजाका लागि दुर्गा माताका मूर्ति बनाउन मूर्तिकारहरू व्यस्त छन्।

GBIME
Tata

सर्लाहीका मूर्तिकारहरूले ललितपुरको सानेपामा दुर्गा माताका आकर्षक मूर्ति तयार पारिरहेका छन्।

मूर्ति बनाउन आवश्यक माटो भक्तपुरबाट ल्याउने गरिएको छ। मूर्तिकारहरूले माटोलाई विभिन्न आकार दिँदै दुर्गा माताका मूर्ति तयार पार्छन्।

मूर्तिलाई आकर्षक बनाउन उनीहरूले विशेष ध्यान दिने गरेका छन्। मूर्ति तयार गर्न मेहनत र सीप दुवै आवश्यक पर्छ।

मूर्तिको आकारअनुसार मूल्य फरक पर्छ। एउटा मूर्ति ३० हजारदेखि ५० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

दसैं र दुर्गा पूजाको समयमा यस्ता मूर्तिको माग बढ्ने गर्छ। मूर्तिकारहरू पर्वलाई लक्षित गर्दै समयमै मूर्ति तयार पार्न व्यस्त छन्।