कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत, महाधिवेशनले बनायो शक्तिशाली

बिजमाण्डू
२०८३ असोज २४ गते ०५:२१ | Oct 10, 2026
कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत, महाधिवेशनले बनायो शक्तिशाली


काठमाडौं। नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ महाधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्।

GBIME
Tata

सभापति पदमा उनका प्रत्यासी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्।

कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन्।

खड्गीले ५.३४ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय थिए।

तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा भएको विशेष महाधिवेशनले उनलाई सभापतिमा चयन गरेको थियो। विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयमा बहस भएको थियो। त्यसपछि भएको १५औँ महाधिवेशनबाट थापा सभापतिमा विजयी भएका हुन्।