काठमाडौं। सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफे बण्ड सम्बन्धी म्यान्डेट सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले हस्ताक्षर गर्न स्वीकृति दिएको हो। बैठकले बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश स्वीकृत गरेको छ।
यस्तै सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकले जापानको आईची-नागोयामा भएको २०औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराँते खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार दिने निर्णय गरेको छ।









