एमाले कार्यकर्तालाई सक्रिय पार्ने योजनामा, मंसिरमा राष्ट्रिय भेला, वडा र पालिका अधिवेशनको मिति तय

बिजमाण्डू
२०८३ असोज २२ गते १९:५० | Oct 8, 2026
एमाले कार्यकर्तालाई सक्रिय पार्ने योजनामा, मंसिरमा राष्ट्रिय भेला, वडा र पालिका अधिवेशनको मिति तय


काठमाडौं। नेकपा एमालेले मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

GBIME
Tata

एमालेको स्थायी कमिटीको बिहीबार बसेको पहिलो बैठकले प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले वडा कमिटीको अधिवेशन मंसिर २६ गते र पालिका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको छ।

वडा र पालिका अधिवेशन सम्पन्न भएपछि एमालेले प्रदेशस्तरीय भेला गर्ने निर्णय भएको आचार्यले जानकारी दिए।

बैठकले मधेस प्रदेश सभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गरेकी जैनब खातुनको निधनपछि रिक्त स्थानमा नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ।