सेयर बजार कारोबार बढ्यो, १४० कम्पनीको मूल्य बढ्दा कुथेली बुखरीमा पोजेटिभ सर्किट

बिजमाण्डू
२०८३ असोज २२ गते १५:२० | Oct 8, 2026
सेयर बजार कारोबार बढ्यो, १४० कम्पनीको मूल्य बढ्दा कुथेली बुखरीमा पोजेटिभ सर्किट


काठमाडौं। सेयर बजारमा १४० कम्पनीको मूल्य बढेको छ। कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

GBIME
Tata

कम्पनीले सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर घोषणा गरेपछि मूल्यमा पोजेटिभ सर्किट लागेको हो। स्नो रिभरको सेयर मूल्य ६.४० प्रतिशतले बढेको छ।

बिहीबार नेप्से परिसूचक २.३१ प्रतिशतले बढेर २५७४.६५ विन्दुमा पुगेको छ। कारोबारमा आएका फाइनान्स, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, लघुवित्त र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्।

१२७ कम्पनीको सेयर मूल्य घटेको छ। घलेम्दी हाइड्रोपावरको सबैभन्दा धेरै ३.३६ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ। बिहीबार सूचकसँगै कारोबार रकम बढेको छ। ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

बुधबार ३ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकामा बिहीबार बढोत्तरीसँगै ३ अर्ब ९३ करोड ५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। घलेम्दी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै २६ करोड रुपैयाँको किनबेच भएको छ।