निजामती विधेयकको साइड इफेक्ट : आन्तरिक राजस्व विभागका उपमहानिर्देशक श्रेष्ठको राजीनामा

बिजमाण्डू
२०८३ असोज १९ गते १८:१३ | Oct 5, 2026
निजामती विधेयकको साइड इफेक्ट : आन्तरिक राजस्व विभागका उपमहानिर्देशक श्रेष्ठको राजीनामा


काठमाडौं। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठले राजीनामा दिएका छन्। श्रेष्ठको राजीनामासँगै पछिल्लो ४ महिनामा मात्रै जागिर छोड्ने सहसचिवको संख्या ३१ पुगेको छ।

Vigo
GBIME
Tata

विभागको नीति विश्लेषण तथा व्यवस्थापन महाशाखा प्रमुख रहेका श्रेष्ठले सोमबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएका हुन्। अघिल्लो साता विभाग मातहतकै ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदार शर्माले पनि राजीनामा दिएका थिए।

राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिव तहका कर्मचारीको राजीनामा पत्र सम्बन्धित मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय हुँदै क्याबिनेट पुगेर स्वीकृत हुनुपर्छ। स्वीकृत जहिले भए पनि सेवा अवधि भने राजीनामा बुझाएको दिनसम्म मात्रै गणना हुने व्यवस्था छ।

सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार निजामती विधेयक अगाडि बढेपछि पछिल्ला ४ महिनाको अवधिमा राजीनामा दिने कुल कर्मचारीको संख्या ६०० भन्दा बढी पुगेको छ। यसमा ३१ जना सहसचिव र १०८ उपसचिव तहका कर्मचारी रहेको सामान्य प्रशासन मन्त्रालय स्रोतले बताएको छ। चार जना सचिवले पनि राजीनामा दिइसकेका छन्।

गएको बिहीबारमात्रै संघीय निजामती विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। जसमा एक पटकका लागि ३० वर्ष सेवाअवधि पूरा गरेका वा ५५ वर्ष उमेर पार गरेकालाई अनिवार्य अवकाशमा पठाउने व्यवस्था छ।