काठमाडौं। सेयर बजार सूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक सोमबार २०.४८ अंक ओरालो लागेर २५६६.७६ विन्दु कायम भएको छ।
कारोबारमा आएका ट्रेडिङ बाहेकका सबै उपसमूहले बजार घटाएका हुन्। फाइनान्सको सूचक सबैभन्दा धेरै १.१० प्रतिशतले घटेको छ।
बजारमा २४२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.८४ प्रतिशतले ओरालो लागेको छ।
बजारमा ३२ कम्पनीको सेयर मूल्य बढेको छ। लगानीकर्ता ऋणपत्रतिर आकर्षित भएका छन्। सूचकसँगै कारोबार रकम पनि घटेको छ। शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भएकामा सोमबार कारोबार रकम ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ।
घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै २२ करोड ८६ लाख रुपैयाँको किनबेच भएको छ। यस्तै, हाथवेको ८ करोड ४९ लाख रुपैयाँको सेयर करोबार भएको छ।











