सुनचाँदीको मूल्यमा झिनो वृद्धि, सुन तोलामा १०० र चाँदी ५ रुपैयाँ बढयो, कारोबारमा सुस्तता



बिजमाण्डू
२०७८ माघ २४ गते ११:४४ | Feb 7, 2022
सुनचाँदीको मूल्यमा झिनो वृद्धि, सुन तोलामा १०० र चाँदी ५ रुपैयाँ बढयो, कारोबारमा सुस्तता


काठमाडौं। सुनचाँदीको कारोबार मूल्यमा तीन दिनपछि झिनो वृद्धि भएको छ। सुन तोलामा १०० र चाँदी ५ रुपैयाँ बढेको छ। सोमबारका लागि सुन प्रतितोला कारोबार मूल्य ९२ हजार ६ सय र चाँदी १२ सय ५५ रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

गत शुक्रबार सुन प्रतितोला ९२ हजार ५ सय र चाँदी १२ सय ५० रुपैयाँ प्रतितोला भएको थियो। आइतबार उक्त मूल्य स्थिर रह्यो। अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको कारोबार सुस्त देखिएको छ। केही दिनयता ठूलो अंकको घटबढ भइरहेको छैन। सुनको मूल्यले क्रमिक बलियो हुने संकेत गरे पनि वृद्धि झिनो छ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८१०.१० डलरले कारोबार भइरहेको छ। गत शुक्रबार १८०६.८८ थियो भने आइतबार १८०७.९५ डलर थियो। गत बुधबार घटेर प्रतिऔंस १७९८.८० डलरसम्म पुगेको थियो। 

यस्तै चाँदीले चार दिन अघिको मूल्य भेट्टाएको छ। सोमबार प्रतिऔंस २२.७९ डलरमा कारोबार भइरहेको छ। गत बुधबार गत बुधबार २२.७० डलर थियो। क्रमिक घटेर बिहीबार २२.६१, शुक्रबार २२.५१ र आइतबार २२.५० डलर भएको थियो।

सोमबार केही वृद्धि देखिए पनि घटबढको तथ्यांक हेर्दा कारोबार मूल्य बलियो भइरहेमा विश्वास गर्न सकिने अवस्था छैन।