रौतहटको बंकुलबाट एक करोड ५ लाखभन्दा बढी मूल्यको अवैध स्टिकर बरामद

बिजमाण्डू
२०८३ असोज १६ गते २१:४५ | Oct 2, 2026
रौतहटको बंकुलबाट एक करोड ५ लाखभन्दा बढी मूल्यको अवैध स्टिकर बरामद


काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागेको एक करोड ५ लाखभन्दा बढी मूल्यको एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद गरेको छ। सशस्त्रको बोर्डर आउट पोष्ट सरमजुवा रौतहटको टोलीले उक्त स्टिकर बरामद गरेको हो।

Vigo
GBIME
Tata

सशस्त्रले शुक्रबार दिउँसो पौने ४ बजे बौधीमाई नगरपालिका ७ स्थित बंकुल भन्सार पछाडिको धानबारीबाट उक्त स्टिकर बरामद गरेको हो।

भारतबाट अवैध रुपले कार्टुनमा राखी नेपालतर्फ स्टिकर ल्याउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ सामान छाडेर फरार भएका थिए। उक्त कार्टुन जाँच गर्दा नेपाल सरकार आन्तरिक राजस्व विभागबाट जारी हुने किसिमको ५० यूपी १८० एमएल साइजको मदिराको बोतलमा टास्ने स्टिकर फेला पारेको हो।

बरामद स्टिकर आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा  बुझाइएको छ।