रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडक खण्डमा खुल्यो नयाँ ट्र्याक, बेलीब्रिज एक सातामा

बिजमाण्डू
२०८३ असोज १५ गते १४:१३ | Oct 1, 2026
रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडक खण्डमा खुल्यो नयाँ ट्र्याक, बेलीब्रिज एक सातामा


काठमाडौं। रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी-बेत्रावती सडक खण्डमा नयाँ ट्र्याक खोल्ने काम एक महिनापछि सम्पन्न भएको छ।

Vigo
GBIME
Tata

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नयाँ ट्र्याक खोलेसँगै गल्छी-बेत्रावती खण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको बताएका छन्। उनका अनुसार ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रछ।

लम्सालले सडक निर्माण तथा मर्मतको काम भइरहेका बेला सवारीसाधन धेरै आवतजावत हुँदा काम प्रभावित हुने भन्दै आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह गरेका छन्।

ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै बेत्रावतीमा बेलीब्रिज जडानको काम अघि बढाइएको छ। नेपाली सेनाको सहयोगमा बेलीब्रिज जडानको काम अघि बढाइएको हो। बेलीब्रिजका लागि नुवाकोटतर्फ फाउन्डेसन तयार भइसकेको छ।

रसुवातर्फ पनि बेलीब्रिजको फाउन्डेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। एक साताभित्र बेलीब्रिज जडान गर्ने गर्ने लक्ष्य रहेको लम्सालले जानकारी दिए।