अर्थ मन्त्रालय अन्तर्गतका दुई सहसचिवको सरुवा, एयरपोर्ट भन्सारबाट घोराही पुगे पुडासैनी

बिजमाण्डू
२०८३ असोज १४ गते १४:४३ | Sep 30, 2026
अर्थ मन्त्रालय अन्तर्गतका दुई सहसचिवको सरुवा, एयरपोर्ट भन्सारबाट घोराही पुगे पुडासैनी


काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका दुईजना सहसहचिवको सरुवा भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव रामकृष्ण पुडासैनी र विष्णुप्रसाद ज्ञवालीको सरुवा गरेको हो।

Vigo
GBIME
Tata

पुडासैनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट दाङको घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्।

त्यसैगरी सहमहालेखा नियन्त्रकको जिम्मेवारीमा रहेका ज्ञवालीलाई गृह मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ।

उनीहरूको स्थान तत्कालका लागि रिक्त रहेको अर्थ मन्त्रालयले जनाएको छ।