काठमाडौं। गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बरालको साढे तीन महिनामै सरुवा भएको छ। अर्थ मन्त्रालयमा राजस्व सचिवमा कार्यरत बराललाई जेठ २५ मा गण्डकी प्रमुख सचिवमा सरुवा गरिएको थियो।
मंगलबारको मन्त्रिपरिषद बैठकले सहसचिव आभा श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकीको प्रमुख सचिवमा पदस्थापन गरेसँगै बरालको सरुवा गरिएको हो। बराललाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ।











